राजनीति

तातोपानी नाका आजबाट औपचारिक रुपमा सञ्चालन हुँदै



तातोपानी, १५ जेठ । नेपाल–चीन जोड्ने पहिलो तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा सञ्चालन हुने भएको छ ।

चार वर्षदेखि बन्द रहेको तातोपानी नाका नेपाल चीनबीच नाका सञ्चालनको सहमतिपछि तातोपानीमा भन्सार लगायत सम्बन्धित कार्यालयले आफ्नो तयारी पूरा गरेका छन् ।

२०७२ बैशाख १२ को भूकम्पले दुबै तर्फको भौतिक संरचनामा क्षति पुर्‍याएपछि बन्द भएको नाका उद्योग बाणिज्य मन्त्री मातृका यादवको उपस्थितिमा बुधबारबाट पुनः सञ्चालनमा ल्याउन लागिएको हो। भूकम्पले क्षति पुर्‍याएको तातोपानी क्षेत्रमा २०७३ साउनमा भोटेकोशी नदिले सडक लगायत संरचनामा थप क्षति पुर्‍याएपछि नाकामा थप समस्या थपिएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।