अर्थ

आज बजेट प्रस्तुत हुँदै



काठमाडौँ, १५ जेठ । सरकारले आज आर्थिक वर्ष २०७६र७७ का निम्ति बजेट प्रस्तुत गर्दैछ ।

सरकारका तर्फबाट संसदमा आज अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका बजेट प्रस्तुत गर्ने भएका हुन् । संवैधान अनुसार जेठ १५ गते बजेट प्रस्तुत बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ ।

अर्थमन्त्री खतिवडाले दोस्रो बजेट प्रस्तुत गर्न लागेका हुन् । उनले गत वर्ष चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपियाँ वजेट प्रस्तुत गरेका थिए ।

स्रोतका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि करिब पौने १६ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्ने भएको छ ।