राजनीति

बन्द तातोपानी नाका खुल्यो



तातोपानी, १५ जेठ । नेपाल–चीन जोड्ने सीमा नाका तातोपानी ४ वर्षपछि आज बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ   ।

०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि चीनले एकतर्फी बन्द गरेको नाका बुधवार बिहान उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा उन बोकेका चारवटा ट्रक नेपालतर्फ पठाइ उद्घाटन गरिएको हो ।

उक्त सीमा नाका खुलाउन चिनियाँ राजदूत मंगलवार साँझदेखि नै कोदारीमा आएर बसेकी थिइन् भने नाका पुनः सञ्चालनबारे समाचार संकलनका लागि दर्जनौं चिनियाँ पत्रकार आइपुगेका छन् ।

नाका सञ्चालनमा आए पनि  तत्कालका लागि मालबाहक ट्रकमात्र आवात(जावत हुनेछन् । मानिसहरुलाई आवत(जावत गर्न भने तत्काल दिइने छैन । २०७२ को भूकम्पले ध्वस्त सो क्षेत्रमा अझै पनि जोखिम नटरेकाले मानिसहरुको आवात जावतमा तत्कालका लागि रोक लगाइने चिनियाँ अधिकारीहरुको भनाइ छ ।