एजेंसी, १५ जेठ । चीनको हुनान प्रान्तको कोइला खानी दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
लोङटान नगरको झिङलोङ कोइला खानीमा मङ्गलबार अपराह्न करिब ५ बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पताल पुर्याइए पनि पाँच जनाको ज्यान गएको थियो । घाइते एक मजदूरको अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा खानीको सुरुङभित्र एकाएक फैलिएको विषालु ग्याँसका कारण मजदूरहरु सख्त घाइते भएको देखिएको छ । ग्याँसका कारण सुरुङभित्र अक्सिजनको अभाव भएको थियो ।
प्रतिक्रिया दिनुहोस्