समाचार

जन्ती बोकेको ट्याक्टर दुर्घटना



डोटी, १५ जेठ । दिपालय सिलगढी नगरपालिका– ४ कुल्पातेमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दिपायलको तिखाबाट डडेल्धुराको कोरालखोलामा जन्ती बोकेर जाँदै गरेको से २ त ३३२ नम्बरको ट्याक्टर दुर्घटना  हुदा १४ जना घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

गम्भीर घाइतेको जिल्लामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य १३ जना घाइतेको दिपालयको राजपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा २४ जना सवार थिए ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिइ उक्त घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।