काठमाडौँ, १५ जेठ । सरकारले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकको चौडार्ई ६ लेनको बनाउने भएको छ ।
संघिय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ सालको बजेट प्रस्तुत गर्दै सूर्यविनायक धुलिखेल सडकको स्तरउन्नती तथा कोटेश्वरमा अण्डरपासको निर्माण कार्य गरिने बताउनुभएको छ ।
कोटेश्वर, नयाँ बानेश्वर र त्रिपुरेश्वरमा अण्डरपास निर्माण तथा चक्रपथ सुधारका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले काठमाण्डाै उपत्यकाको सडक विस्तार र सुधारका लागि झण्डै २ अर्ब बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।
आगामी वर्षमा साक्षर घोषणा हुने जिल्लाको संख्या ७० पुर्याइने पनि सरकारको योजना छ । सामाजिक रुपान्तरणका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै अर्थमन्त्री खतिवडाले सबै बालबालिकालाई निःशुल्क शिक्षा र सबैजसो जिल्लालाई साक्षण गर्ने बताउनु भएको हो ।
यस्तै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि राष्ट्रपति शैक्षिक कोष सञ्चालन गरिनेछ भने वि.स. २०८५ सम्मलाई शिक्षा सुधारको दशक बनाउने भन्दै अर्थमन्त्री खतिवडाले यसका लागि ८ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो ।
विपन्न र अपांगताका भएका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर ३ अर्ब १९ करोड रुपैयाँ छात्रवृत्तिका लागि विनियोजन गरिएको छ । स्थानीय तहमा रहेका विद्यालयलाइ समायोजनका लागि ४७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै शिक्षण सिकाइमा १ अर्ब ५० करोड, रंगीन पाठ्यक्रमको व्यवस्था गर्न २ अर्ब २१ करोड बजेट विनियोजन गरिएको छ । हरेक स्थानीय तहमा एउटा प्राविधिक विद्यालय खोल्ने योजनाअनुसार यस वर्ष २ सय १२ स्थानीय तहमा प्राविधिक विद्यालय स्थापना गर्न २६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
यस्तै ४३ जिल्लाका आधारभूत तहका विद्यार्थीलाई दिवा खाजा खुवाउन ५ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गएको वर्ष १० वटा जिल्लामा दिवा खाजाका लागि २७ करोड बजेट विनियोजन गरिएको थियो ।
यस्तै सरकारले उच्च शिक्षाको विकासका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट विश्वविद्यालय सेवा आयोगमार्फत खर्च गरिने पनि अर्थमन्त्री खतिवडाले बताउनुभयो । यस्तै सबै विद्यालयमा विज्ञान प्रयोगशाला बनाउने पनि सरकारको भनाइ छ ।
आगामी आवमा ७० जिल्ला पूर्ण शिक्षा, चिनै आफ्नै देश, चिनौं आफ्नै माटो अभियान, ८३ हजार युवालाई सिपमूलक तालिम प्रदान गरिने, सवै स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने लगायतका व्यवस्था मिलाइने भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मात्रै ५ अर्व १ करोड छुट्याइएको जानकारी दिनुभयो । बेरोजगार सूचीमा सूचीकृत भएका युवालाई स्थानीय स्तरमै विकास निर्माणको काममा लगाइने पनि बजेटमा उल्लेख छ । साथै आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अन्तर्गत युवा परिचालन गर्ने पनि सरकारको लक्ष्य छ ।
आउँदो आर्थिक वर्षमा मेलम्चीको पहिलो चरणको पानी काठमाडौँ ल्याउने जनाइएको छ । मेलम्चीको लागि आउँदो वर्ष ७ अर्ब ३९ करोड रुपैयाँ छुट्याइएको छ । सरकारले खानेपानी र सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मात्रै ५ अर्व १ करोड छुट्याइएको जानकारी दिनुभयो । बेरोजगार सूचीमा सूचीकृत भएका युवालाई स्थानीय स्तरमै विकास निर्माणको काममा लगाइने पनि बजेटमा उल्लेख छ । साथै आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अन्तर्गत युवा परिचालन गर्ने पनि सरकारको लक्ष्य छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा निर्माणको प्रकृयामा रहेको आधुनीक वीर अस्पतालको भवन निर्माण हुने निश्चित भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा डिपिआर गर्न ४० लाख बजेट विनियोजन गरेको बताउनुभएको छ ।
सरकारले आगामी आर्थिक वर्षभित्र अतिक्रमणमा परेको सबै सरकारी जमिन फिर्ता लिने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बुधबार संसदमा पेस गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा यो कुरा उल्लेख गरको छ ।
सरकारले भूमिको दिगो उपयोग गर्न भूमि ऐन बनाउने भएको छ । आगामी आर्थिक वर्षभित्र अतिक्रमणमा परेको सबै सरकारी जमिन फिर्ता लिने बजेटमा उल्लेख छ । यस्तै २ वर्षभित्र कृषि जमिनपूर्जा विद्युतीय बनाउने बजेटमा उल्लेख छ । जग्गा कारोबारको सबै विवरण अनलाइनमा आधारित बनाउने सरकारी योजना रहेको छ ।
सरकारले सार्वजनिक स्थल र सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ । बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो । सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।










प्रतिक्रिया दिनुहोस्