काठमाडौँ, १५ जेठ । राष्ट्रिय गौरवका रानी जमरा, भेरी बबइ डाइभर्सन, बबइ डाइभर्सन बहुउदेश्यीय सिँचाइ आयोजनालाई सरकारले प्राथमिकतामा राखेको छ ।
सरकारले आउँदो वर्षदेखि सुनकोसी मरिण डाइभर्सन योजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउने भएको छ । यसको लागि २ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ ।
समृद्ध तयारी सिँचाइ आयोजनाको लागि ९६ करोड रुपैयाँ विनियोजन भएको छ । सिँचाइ क्षेत्रमा २३ अर्ब ६३ करोड रुपैयाँ छुटयाएइएको छ ।
अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारले आर्थिक वर्ष २०७६÷०७७ सालको आर्थिक बजेटसंघीय संसदको संयुक्त बैठकलाई प्रस्तुत गर्दै गर्दै सरकारले आउँदो आर्थिक वर्षमा मेलम्चीको पहिलो चरणको पानी काठमाडौँ ल्याउने जनाइएको छ । मेलम्चीको लागि आउँदो वर्ष ७ अर्ब ३९ करोड रुपैयाँ छुट्याइएको छ । सरकारले खानेपानी र सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मात्रै ५ अर्व १ करोड छुट्याइएको जानकारी दिनुभयो । बेरोजगार सूचीमा सूचीकृत भएका युवालाई स्थानीय स्तरमै विकास निर्माणको काममा लगाइने पनि बजेटमा उल्लेख छ । साथै आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अन्तर्गत युवा परिचालन गर्ने पनि सरकारको लक्ष्य छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा निर्माणको प्रकृयामा रहेको आधुनीक वीर अस्पतालको भवन निर्माण हुने निश्चित भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा डिपिआर गर्न ४० लाख बजेट विनियोजन गरेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्