काठमाडौँ, १६ जेठ । आज (बिहीबार)बाट पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडकखण्ड १४ दिनका लागि बन्द हुने भएको छ ।
त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकालेकाम छिटो सक्न सडक बन्द गरिन लागेको हो । जेठ १६ देखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजे र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गरिनेछ ।
चितवन र तनहुँ जोड्ने सो आर्कब्रिजको दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रको काम का लागि यस्तो सुचना जारी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्