समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



दाङ, १६ जेठ । तुलसीपुरमा ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार साँझ नम्बर नखुले ट्रयाक्टरले ठक्कर दिँदा रा २ प १९१७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १२ बेलटाकुराका २७ वर्षीय भक्तबहादुर पुनको मृत्यु भएको हो ।

तुलसीपुर ६ लक्ष्मीनारायण मन्दिर नजिक तुलसीपुरबाट बेलटाकुरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिँदा पुन गम्भीर घाइते भएका पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मोटरसाइकलमा पछाडि बसेका सुकौराका देबु दहित घाइते भएका छन् । ट्रयाक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।