काठमाडौँ, १६ जेठ । उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भएसँगै साँझपख मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
स्थानीय वायुको प्रभावका कारण बिहीबार बिहान मौसम बदली भई पहाडी भूभागका केही स्थानमा पानी परेको मौसमविद्ले बताएका छन् । बिहीबार बिहान पहाडी भेगका धेरैजसो ठाउँमा बद्ली हुने र दिउँसो खुल्ने सम्भावना रहेको उहाँले बताउनुभयो । स्थानीय वायुको प्रभावका कारण बेलुका फेरि बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्