राजनीति

राष्ट्रपतिद्वारा पहिलो र दोस्रो संविधानसभाका सभासद सम्मानित



काठमाडौँ, १६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गरेकी छन् ।

बिहीबार बिहान शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादव लगायतलाई सभासदहरुलाई सम्मान गरिएको हो ।

संविधानसभा पदक वितरणका लागि गृह मन्त्रालयले १ हजार १ सय ९ जनाको नामावली सार्वजनिक गरेको थियो । पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र सुशील कोइरालाको नाम पनि सम्मानित हुनेहरुको सूचीमा छ ।