समाचार

लागुऔषधसहित तीन जना पक्राउ



चितवन, १६ जेठ । चितवनको रत्ननगरमा लागुऔषध खैरो हिरोइन सेवन गरेकै अवस्थामा तीन पक्राउ परेका छन् ।

बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमारबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्नगरले जानकारी दिएको छ । पक्राउ पर्नेमा रत्ननगर–४ का रमेश पाण्डे, रत्ननगर–७ का रामु परियार र रत्ननगर–१ का नारायण श्रेष्ठ रहेका छन् । कार्यालयबाट खटिएको टोलीले दुई दशमलव ७४ ग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।