जेठ १६, सल्यान । सल्यानमा आफ्नै नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
दार्मा गाउँपालिका वडा न ३ बेरुखेतकी २५ वर्षिया आशा विकलाई नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बुधबार बेरुखेतको जंगलमा शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । शिशुको शव पोष्र्टमाटमका लागि सल्यान अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय फारुलाचौरका प्रहरी प्रमुख ज्ञानेन्द्र बहादुर सिंहले जनाएका छन ।
शिशु वैध हो वा अवैध हो भन्नेबारे अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्