काठमाडौँ, १७ जेठ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपि) उत्तमराज सुवेदीले पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने महिलाहरु शोषणमा परेको गुनासो धेरै आएको बताउँदै विदेशिक रोजगारीको लागि जानु अघि सबै कुरा बुझ्न आग्रह गरेका छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘वैदेशिक रोजगारीमा हुने ठगी र मानव वेचविखन र ओसारपसार नियन्त्रण सम्वन्धि प्रशिक्षण कार्यक्रम’मा बोल्दै एसएसपि सुवेदीले वैदेशिक विदेश जाने बेलामा ध्यान नदिने र विेदश गएपछि दुःख पायो भनेर पछुताउने प्रवृत्ति र गुनासो बढेकोप्रति चिन्ता पनि व्यक्त गरे ।

म्हानगरीय प्रहरी प्रभाग कोटेश्वर, सामुदायीक सेवा तथा विकास केन्द्र कोटेश्वर र सामुदायीक प्रहरी सेवा केन्द्र ३२ कोटेश्वरको आयोजनामा भएको सो प्रशिक्षण कार्यक्रममा मानव वेचविखन तथा ओसारप्रसार व्युरोका प्रहरी नायव उपरिक्षक राजकुमार सिलवालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको सभापतित्व काठमाडौं महानगरपालिका ३२ वडा समितिकी सदस्य हिरादेवी पोखरेलले गरेकी थिइन भने कार्यक्रमको उद्धेश्यमाथि कोटेश्वर प्रभागकी प्रमुख एलिजा गिरी र मनोहरा सम्पदा समाजका अध्यक्ष पदमकुमार रेग्मीले प्रकाश पारेका थिए ।

कार्यक्रममा काडमाडौं प्रहरी परिसरको समुदाय प्रहरी साझेदारी कार्यक्रमका प्रमुख, प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल तथा महानगरीय प्रहरी वृत्त नयााबानेश्वरका प्रमुख गोविन्दराज काफ्ले, ३२ नं वडाका अध्यक्ष नवराज पराजुलीलगायत वैदेशिक रोजगार व्यवसाय संघका पदाधिकारी र सर्वसाधारणको सहभागिता थियो ।










प्रतिक्रिया दिनुहोस्