Banner News

सहमति उल्लंघन हुदैन, जे सहमति भएको हो, त्यो हुन्छ : वामेदव गौतम



प्यूठान, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामेदव गौतमले पार्टी एकिकरण हुँदा जे सहमति भएको थियो सोहि अनुसार पार्टी अघि बढ्ने बताएका छन ।

शुक्रबार प्रेस संगठन, प्यूठानले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गर्नु नहुने बताउँदै उनलेभने, ‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।’

नेता गौतमले बजेट मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको पनि बताए ।