राजनीति

वैदेशिक लगानीकर्तालाई पर्यटन क्षेत्रमा लगानी गर्न मन्त्री ज्ञवालीकाे आग्रह



काठमाडौँ, १७ जेठ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेका छन ।

काठमाडौँमा शुक्रबारबाट सुरु भएको ‘एसिया रेसिलिइन्स समिट–२०१९’ को उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सरकारले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल हुनेगरी ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरिरहेको बताए ।

मन्त्री ज्ञवालीले नेपालमा राजनीतिक स्थायित्व कायम भएकाले अब विकास निर्माणको कामले तीव्रता पाउने बताउदै उनले नेपालको भूगोल, जैविक तथा सांस्कृतिक सम्पदाहरुको महत्व उजागर गरेर मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको पनि स्पष्ट पारेका छन ।

सरकारले वैदेशिक लगानीका लागि आवश्यक नीतिगत तथा संरचनागत आधार तयार पारेको दावी गरेका छन ।