दाङ, १७ जेठ । दाङमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ६ देउपुर सञ्चारमा अत्याधिक गर्मी भएका कारण घरको छतमा सुत्दै आएका ३३ वर्षीय किशोर डिसी बेलुका खाना खाएर छतमा सुत्न गएका र बिहान छतबाट खसेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
आफन्तहरुले उपचारको लागि फलोरेन्स अस्पतालमा लगेका थिए । उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ










प्रतिक्रिया दिनुहोस्