चितवन, १७ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि शुक्रबार विभिन्न दाता समूहले धुर्मस सुन्तली फाउण्डेशनलाई ३ लाख रुपैयाँ प्रदान गरेका छन् ।
भरतपुरको होटल गार्डेन रिर्सोटमा काम गर्ने कर्मचारीको तर्फबाट १ लाख र निर्माण व्यवसायी रेगन पन्तले व्यक्तिगत रुपमा २ लाख रुपैयाँ प्रदान गरेका छन् ।
बिहीबार होटल गार्डेनमा आयोजित कार्यक्रममा होटलका अपरेसन म्यानेजर दीपेन्द्र पोखरेलले रंगशाला निर्माणका लागी सीताराम कट्टेललाई १ लाखको चेक हस्तान्तरण गरेका छन ।
उक्त कार्यक्रममा धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धर्मुसले रंगशाला बन्ने स्थानमा भएको घटनाले आम नेपालीलाई दुःखी बनाएको भन्दै अबका दिनमा निर्भिकतापूर्वक काम गर्ने बातावरण तयार गरिदिन आग्रह गरेका छन ।
रंगशाला निर्माण जनस्तरबाट हुने भएकोले स्थानीय जनतासँग कुनै प्रकारको असमझदारी गर्ने पक्षमा आफूहरु नरहेको र सडकको विषय महानगरपालिका र विश्वविद्यालयले हल गरिदिनुपर्ने अध्यक्ष कट्टेलले बताए । उनले काम गर्ने वातावरण तयार हुनासाथ फिल्डको काम अघि बढाउन तयार रहेको विश्वास दिलाए ।










प्रतिक्रिया दिनुहोस्