इलाम नगरपालिकामा एउटै राजनैतिक दल तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका मेयर र उपमेयर बीच चर्को बिबाद छ । मेयर महेश बस्नेत र उपमेयर सुशिला नेम्वाङ बीच करिब ६ महिना देखि नै बोलचाल बन्द छ । इलामनगरपालिकामा गएर उपमेयर आफ्नो कुर्सिमा नबसेको सात महिना बितेको छ ।
जनताको काम गर्न भनेर यसरी निर्वाचित भएका यहाँका मेयर र उपमेयर बीच नै बोलचाल बन्द भएपछि नगरबासिमै नैरश्यता छाएको छ । उपमेयर नेम्बाङले नगरप्रमुख महेश बस्नेतले आफ्नो क्षेत्राधिकार हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ । मेयरले एकल र तानाशाही शैली अपनाएको भन्दै उपप्रमुख नेम्बाङले विगत ६ महिनादेखि नै कार्यपालिका वैठक बहिस्कार गरि मौन आन्दोलन गर्दै आएको बताउनुभयो । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।










प्रतिक्रिया दिनुहोस्