एजेन्सी, १८ जेठ । अमेरिका एक बन्दुकधारीले सरकारी भवनमा अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाका मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
प्रहरीले भर्जिनिया पब्लिक युटिलिटीका ती कर्मचारीले अन्य कर्मचारीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको जनाएको छ । प्रहरीको कारवाहीमा ती बन्दुकधारी मारिएको बताइएको छ ।
प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि पनि फायर गरेपछि बन्दुकधारीलाई प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीले बन्दुकधारीले एक्लैले सो काम गरेको हुनसक्ने जनाएको छ । तर बन्दुकधारीले के उद्देश्यले यस्तो काम गर्यो भनेर केही खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्