काठमाडौँ, १८ जेठ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित अबको तीन दिन पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी र स्थानीय वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार अहिले सफा रहेको उपत्यकाको मौसम पनि दिउँसो ३–४ बजेतिर बदली भई पानी पर्नेछ । तर उपत्यकाका कुनै ठाउँमा पानी परे पनि कुनै ठाउँमा भने पानी नपर्ने सम्भावना रहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्