चितवन, १८ जेठ । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएपछि रोकिएको निर्माण कार्य सुरु भएको छ ।
आज शनिबार चितवनका सबै क्षेत्रका व्यक्ति मिलेर निर्माणाधीन रंगशालाको बार पुनर्निमाणमा जुटेका हुन् । हिजो स्थानीय स्तरका विभिन्न संघ संस्थाहरुबीच भएको सहमति अनुसार नै भत्किएको बार बनाउन सर्वपक्षीय तथा सर्वदलीय संस्थाहरुको सहभागिता रहेको थियो ।
चितवन क्षेत्र नम्बर दुईका संघीय सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरकी मेयर रेणु दाहाल, प्रदेश सांसदहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, विभिन्न पेशागत संघसंस्थाहरुका प्रतिनिधि शनिबार बिहानैदेखि भत्किएको बार निर्माणमा जुटेका छन् ।
गएको बुधबार स्थानीय केही व्यक्तिले बाटोको विवादमा निर्माणाधीन रंगशालाको बार डोजर लगाएर भत्काएका थिए ।










प्रतिक्रिया दिनुहोस्