काठमाडौँ, १८ जेठ । पहिलोपटक त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा कलेजो प्रत्यारोपण सफल भएको छ ।
अस्पताल प्रशासनका अनुसार डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको जनाएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन नसकिरहेको बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो प्रयासमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको छ ।










प्रतिक्रिया दिनुहोस्