राजनीति

सभापति देउवाद्वारा भारतको विदेशमन्त्री एस जयशंकरलाई शुभकामना सन्देश



काठमाडौँ, १८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस.जयशंकरलाई बधाई तथा शुभकामना दिएका छन् ।

शनिबार सभापति देउवाले एक शुभकामना सन्देश पठाउदै भनेका छन, ‘म तपाईंलाई भारत सरकारको विदेशमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा शुभकामना दिनेछु । तपाईँको नियुक्तिले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सरकारले कुटनीतिक रुपमा थप उचाइ लिनेछ भन्नेमा म विश्वस्त छु ।’

विदेश मन्त्री जयशंकरलाई सफल कार्यकालका लागि शुभकामना दिदै क्षमता, ज्ञान र अनुभवको आधारमा नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो हुनेमा पनि देउवाले विश्वास व्यक्त गरेका छन् ।