डोल्पा, १८ जेठ । डोल्पामा यार्सागुम्बा टिप्न गएका २ जनाको लेक लागेर मृत्यु भएको छ ।
शुक्रबार शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि रिग्मो गाउँमा ल्याइपु¥याउँदा मृत्यु भएको र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेलाई प्यारी भोक्पाभन्ने ठाउँमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको संख्या बढ्न थालेपछि असुरक्षित महशुस गर्दै यार्सा टिप्न गएका सर्वसाधारण फिर्ता आउन लागेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्