सम्पादकीय

स्थानीय तहका जनप्रतिनिधिको तलब ३ अर्ब भन्दा बढी



स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा साज्यकोषबाट बर्सेनी कम्तीमा दुई अर्ब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ । यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो ।

यसमा उनीहरुले विभिन्न शीर्षकमा लिन भत्ता र सुविधा जोएिएको छैन । हरेक प्रदेशले आफूअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिले प्राप्त गर्ने पारिश्रमिक, सुविधा तथा विभिन्न शीर्षकको भत्ता तोकेर ऐन जारी गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधिको तलब भत्तामा सबैभन्दा बढी खर्च हुने गरेको छ । त्यसैगरी प्रदेशका जनप्रतिनिधिले ३४ करोड ९० लाख र संघका जनप्रतिनिधिले २२ करोड ५६ लाख रुपैयाँ पारिश्रमिक लिँदै आएका छन् ।

बजेटमार्फत निजामती कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र प्राध्यापकको तलबभत्ता बढे पनि जनप्रतिनिधिको तलब भने बढको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।