समाचार

मेघगर्जन र हावाहुरीसहित पानी पर्ने



काठमाडौँ, १९ जेठ । देशभरको मौसम आइतबार पनि आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसोपछि काठमाडौँसहित पूर्वी नेपालमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसमविद्हरुको पूर्वानुमान छ । भारतको झारखण्डमा विकशित भएको जलवाष्पयुक्त वायु पश्चिम नेपालबाट पूर्वतिर सर्दै गएकाले पूर्वी नेपालका धेरै ठाउँमा आइतबार हावाहुरी र ट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।