राजनीति

समयको माग र जनताको चाहना अनुसार विकास गर्नुपर्छ : सांसद बस्नेत



भक्तपुर, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पानी, घाम, हावाहुरी हेरेर चल्यो भने विकास नहुने बताउँदै विकास गर्न समय र घडि हेरेर चल्नुपर्ने बताउनुभएको छ ।

शनिवार सूर्यविनायक नगरपाकिलाको वडा नं. ९ मा झरीका बाबुजुत पनि दिव्वेडाँडा–माझा पाटी शान्तिभैरव हुँदै जोरपाटी अरनिको राजमार्ग जोड्ने सडकको स्तरउन्नती गर्ने कार्यको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकासको लागि एक एक समयको महत्व रहेको बताउनुभयो । उहाँले विकासमा कुनै समस्या देखाई रोक्ने कार्य गर्नु नुहने बताउँदै समय र परिस्थितीको माग अनुसार जनताको विकासको चाहनालाई पुरा गर्नुपर्ने बताउनुभयो ।

विकास र समृद्धिमा समयले नपर्खने बताउँदै उहाँले समयको माग र जनताको चाहना अनुसारको विकास अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले विकासको विरुद्धमा अनावश्यक हल्ला फैलाइएको तर अहिले यथार्थमा परिणत हुँदै गएको समेत बताउनुभयो । उहाँले आफु निर्वाचित भइसकेपछि भएका विकासले भक्तपुरको मुहार नै फेरिदै गएको बताउँदै आगामी दिनमा भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्ने समय आउने समेत बताउनुभयो ।

जहाँ सडक विस्तार भयो सोही स्थानका स्थानीयवासीलाई नै लाभ हुने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले पलासेदेखी डोलेश्वरसम्मको बाटो बनाउन असम्भव छ भनि अनावश्यक हल्ला फैलाइएको तर अहिले कोलोपत्रे गर्ने चरणमा रहेको बताउनुभयो । उहाँले काँक्रावारी–आशापुरी जाने सडक केन्द्रीय बजेटमा प्रस्ताव गरिएको समेत जानकारी गराउनुभयो ।

भक्तपुरमा विकासको प्रारम्भिक चरणमा रहेको आगामी वर्षहरु तिव्र विकासको वर्ष हुने बताउँदै उहाँले तीन वटै तहका सरकारले भक्तपुरलाई विषेश रुपमा ध्यान दिईएको बताउनुभयो । उहाँले नङ्खेल–सिपाडोल–कटुञ्जे हुँदै राधेराधेसम्म जाने सडकको लागि विद्युतको ट्रान्मिसन लाईनलाई फलो गर्दै डिपिआर गर्ने कार्य भइरहेको समेत जानकारी गराउनुभयो ।

उपत्यका प्राधिकणबाट ८ मिटरको बाटोको लागि ४० लाख रुपैंया बजेट विनियोजित रकममा निर्माण शुरु गरिएको उक्त सडकको लागि नपुग बजेट अन्यत्र खर्च हुन नसकेको बजेट भक्तपुरले खर्च गर्न सके पुनः बजेटको व्यवस्थापन गर्न उपत्यका विकास प्राधिकरण तयार रहेको जानकारी गराउँदै उहाँले विकास निर्माणका कार्यमा बजेटको समस्याले नरोकिने बताउँदै गुणस्तरीय, प्रभावकारी र निर्धारित समयमा नै निर्माण कार्यलाई सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो ।

आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले उक्त सडकलाई केन्द्रीय बजेटमा समावेश गर्दै बैकल्पीक सडकको रुपमा विकास गर्ने योजना रहेको समेत बताउनुभयो । उहाँले भक्तपुरमा खानेपानी, ढल लगायतका कार्यहरु पनि तिव्र गतिका साथ अघि बढिरहेको जानकारी गराउँदै मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा आएको दिन भक्तपुरका जनताले पनि उक्त खानेपानी खानेपाउनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो । उहाँले मेलम्चीको विकप्लमा भक्तपुरमा खानेपानीका अन्य धेरै विकल्पहरुको खोजि गरी निर्माण प्रकृयामा रहेकाले खानेपानीको समस्याबाट आम भक्तपुरका जनताले मुक्त हुने समेत बताउनुभयो ।