राजनीति

‘विप्लव’का पोलिटब्युरो सदस्य राई नेकपामा प्रवेश



काठमाडौँ, १९ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपाका पोलिटब्यरो सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।

आइतबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रम गरि राईलाई नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाई पार्टीमा स्वागत गरेका छन ।

पार्टीमा भित्र्याउँदै अध्यक्ष प्रचण्डले नेता राईलाई पार्टीभित्र उचित स्थान र उपयुक्त जिम्मेवारी दिने बताए । उनले विप्लव समूहका अन्य नेता तथा कार्यकर्ताहरुलाई समेत मूलधारमा फर्कन आग्रह गरे ।  देशलाई पुनस् द्वन्द्वमा जान नदिन र अराजक घटनाहरु बढ्न नदिन भन्दै नेता राईले विप्लव समूहबाट बाहिरएको बताए ।

सत्तारुढ नेकपामा प्रवेश गरेपछि नेता राईले आफूलाई दिएको जिम्मेवारी बुद्धि र विवेकले भ्याएसम्मको कुशलतापूर्वक निर्वाह गर्ने बताए ।

नेता राईलाई स्वागत गर्नका लागी उक्त समारोहमा गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा महासचिव विष्णु पौडेललगायतका वरिष्ठ नेता उपस्थित थिए ।