समाचार

गाँजासहित दुई जना पक्राउ



सर्लाही, १९ जेठ । सर्लाहीमा अवैध लागूऔषध गाँजासहित दुर्य जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउसो बिष्णु गाउँपालिका—६ बाट लक्ष्मीपुर सुखचैना बस्ने २० वर्षीय अजय मिश्र र सोही ठाउँ बस्ने २० वर्षीय विवेक साहलाई अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी फेन्हरा सर्लाहीबाट खटिएको प्रहरीले कौडेनाबाट भारततर्फ जाँदै गरेको बिआर ३०टि७४१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको डिक्किभित्र लुकाइछिपाई ल्याएको गाँजा ४ केजी फेला परेको हो ।