समाचार

तीन वटा जीप र मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु



ललितपुर, १९ जेठ । ललितपुरको सानेपामा ३ वटा जीप र एउटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार ललितपुर गोदावरीका गोविन्द घिमिरे शर्मा र नुवाकोटका चन्द्रमणी मदुहारीको मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुरुमा २ वटा जीप ठोक्किएको र त्यसपछि थप अर्को एउटा जीप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।