Banner News

कर्मचारीलाई बन्द-हड्ताल गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइन्छ : मन्त्री पण्डित



काठमाडौँ, २० जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई बन्दरहड्ताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ ।

आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले इमान्दार भएर नागरिकको सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने पनि बताउनुभयो । मन्त्री पण्डितले बन्दरहड्ताल गर्ने कर्मचारीलाई उनीहरुले गरेको गल्तीको आधारमा कडा दण्ड सजायको व्यवस्था हुने बताउनुभयो ।

उहाँले ट्रेड युनियनमा आबद्ध पदाधिकारीहरुको मर्यादाक्रम विशिष्ट श्रेणीको कर्मचारी सरह हुनुपर्ने माग जायज नभएको पनि बताउनुभयो । उहाँले ट्रेड युनियनमा आबद्ध हुने कर्मचारीहरुले डयूटी नगरे पनि हुने मान्यता सरकारलाई स्विकार्य नहुने बताउनुभयो ।