पोखरा, २० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले विरोध जनाएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ ।
आइतबारको बैठकमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा बेथिती भएको कांग्रेसले बैठक अवरुद्ध गरेको हो । सभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद उठेर विरोध जनाएका थिए । कालीगण्डकी डाइभर्सन रोक्नुपर्ने, विधेयक ल्याएर प्रदेशसभालाई बिजनेस दिनुपर्ने र आगामी बजेटमा सबै सांसदलाई समेट्नुपर्नेलगायत कांग्रेसको माग छ ।
कृषि अनुदान, होमस्टे कार्यक्रम, मोडल फर्मजस्ता कार्यक्रममा मन्त्रालयबाट बजेट विनियोजन गर्दा विधि र प्रक्रिया विपरीत भएका कांग्रेसको आरोप छ । कांग्रेसको मागमा समाजवादी पार्टीका सांसदले समेत साथ दिएका थिए । नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले सरकार र सभामुखको कार्यशैली जायज नभएको भन्दै आक्रोश जनाउनुभयो ।










प्रतिक्रिया दिनुहोस्