काठमाडौँ, २० जेठ । देशभरको मौसम आज सोमबार पनि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रि मनसुनको समय रहेको र अहिले बंगालको खाडीबाट जलवाष्पयुक्त वायु सतही रुपमा आएकाले बिहानैदेखि देशका अधिकांश क्षेत्रमा बदली भएको छ । विशेष गरी मध्य क्षेत्रमा सामान्य बदलीको अवस्था छ भने पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली रहेको मौसमविदले बताएका छन ।
अपराहन्न बेलुकातिर देशका विभिन्न ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको र हावाहुरी पनि चल्ने मौसमविदले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्