समाचार

हावाहुरीका कारण एक बालिकाको मृत्यु



नवलपरासी, २० जेठ । नवलपरासीमा हावाहुरीका कारण एक बालिकाको मृत्यु भएको छ भने दर्जर्नौं घरमा क्षति भएको छ ।

आइतबार बेलुका आएको नवलपरासीको विनयी त्रिवेणीमा हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर सोही ठाउका लालन यादवको १० वर्षीया छोरी अञ्जलीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ ।

हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुर्याएको प्रहरी जनाएको छ ।