काठमाडौँ, २० जेठ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सोलुखुम्बुको चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको बताइएको छ
गएराति महाकुलुङ गाउँपालिका–३, छेस्काममा अज्ञात समूह चौकीभित्र छिरे पनि कागजपत्र वा अन्य केही सामान तोडफोड भएको नदेखिएको बताए ।
२०/२५ जनाको संख्यामा हतियारधारी गाउँ पसेको सूचना आएलगत्तै चौकी खाली गरेर प्रहरी टोली आइतबार दिउँसै अन्यत्र सरेका थिए ।
गएराति भएको घटनाबारे भने अहिलेसम्म यर्थाथ विवरण आइनसकेको उनले बताए । नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको छ ।
सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।










प्रतिक्रिया दिनुहोस्