वीरगञ्ज, २० जेठ । वीरगञ्जमा सञ्चालित एक होटलमा आगलागी भएको छ ।
आइतबार राति महानगरपालिकाको वडानम्बर २१ मा भारत उत्तर प्रदेश घर भएका गुड्डु पराजुलीको होटेलमा आगलागी भएको हो ।
आगलागीबाट २ लाख ११ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आगालीबाट १० फिट लम्बाई १५ फिट चौडाई जस्ताको छाना, बाँस, खरको टाटी भएको घर साथै ना१प ५९५२ नम्बरको मोटरसाइकल, फ्रिज, काठको घुम्ती, भाडावर्तन र किराना सामानसमेत नष्ट भएको छ ।










प्रतिक्रिया दिनुहोस्