काठमाडौं, २० जेठ । लक्ष्मी बैंकले Ctrl O नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरुका लागि विशेष योजना सुरु गरेको छ ।
F1 Soft सँगको सहकार्यमा सञ्चालित उक्त योजना अन्तर्गत आईसीसी क्रिकेट वर्ल्डकप २०१९को अवधिभर Ctrl O मार्फत बचत खाता खोल्दा ग्राहकहरुले ५०० बराबरको मोबाइल व्यालेन्स प्राप्त गर्न सक्नेछन् ।
यसका लागी ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्न निवेदन दिन सक्नेछन् । त्यसलाई आधिकारीकता दिन एक पटकको लागि बैंकको नजिकैको शाखामा जानु पर्ने बैंकले जनाएको छ ।
वर्ल्डकप विशेष योजना वातावरणमैत्री बैंकिङ्ग प्रणाली अवलम्बन गर्ने तर्फ बैंकको एक अर्को कदम हो ।
प्रतिक्रिया दिनुहोस्