सम्पादकीय

कलङ्की–कोटेश्वर सडकमा नयाँ नियम ल्याइयाे



नमूना सडकको रूपमा विस्तार गरिएको कलङ्की–कोटेश्वर चक्रपथ खण्डमा सवारी दुर्घटना बढेपछि गति नियन्त्रण अभियान सञ्चालन गरिने भएको छ ।

चीन सरकारको सहयोगमा सुधार र विस्तार गरिएको यो सडकखण्ड ९-९ किलोमिटर लम्बाइ र आठ लेनको छ । गत वर्षको फागुनदेखि सञ्चालनमा आएको यो सडक खण्डमा यस अवधिमा ६६१ वटा सवारी दुर्घटना भएका छन् ।

सडकको मुख्य भाग (मेन लेनमार्ग)मा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस (सहायक लेन) मार्गमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी गुडाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ । तर, चालकले आफूखुसी ८०-९० देखि एकसयसम्मको गतिमा चलाउने गरेको पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।