समाचार

ट्रकसँग स्कुटी ठोक्किँदा नर्सको मृत्यु



सुनसरी, २१ जेठ । सुनसरीमा ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालक नर्सको मृत्यु भएको छ ।

सोमबार राति इटहरीबाट धरानतर्फ आउँदै गरेको २६ प ५८१ नम्बरको स्कुटी ना ५ ख ४२४५ नम्बरको ट्रकसँग कोसी राजमार्गअन्तर्गत धरान–इटहरी सडकखण्डको विश्वकर्मा मन्दिर नजिक ठोक्किँदा स्कुटी चालक कविता तुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक कविता धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स हुन । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।