काठमाडौँ, २२ जेठ । नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’का अवसरमा आज (बुधबार) सार्वजनिक बिदा दिइएको ।
गृह मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व आज जेठ २२ गते पर्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्