समाचार

एनसेलको नाफा टेलिकमको भन्दा अर्ब बढी



काठमाडौँ, २२ जेठ ।  झन्डै तीन महिनाको अवधिमा नेपाल टेलिकमले भन्दा एनसेलले एक अर्ब रुपैयाँ बढी नाफा कमाएको छ ।

एनसेलको २०१९ को पहिलो त्रैमासिक प्रतिवेदन नेपाली मितिअनुसार पुस १७ देखि चैत १७ सम्मको हो । नेपाल टेलिकमले केहि साता अघि मात्रै आफ्नो त्रैमासिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

एनसेलले सार्वजनिक गरेको सन् २०१९ को पहिलो त्रैमासिक (जनवरी-मार्च) आर्थिक प्रतिवेदनअनुसार यो अवधिमा उसले टेलिकमको भन्दा साढे २ अर्ब बढी आम्दानी गरेको छ भने खुद आम्दानीमा पनि पौने २ अर्बले अघि छ ।

टेलिकमको प्रतिवेदन जनवरी १५ देखि अप्रिल १३ सम्मको हो । लगभग उस्तै अवधिमा एनसेलले टेलिकमको भन्दा आमदानि र नाफामा वृद्धि गरेको हो ।