काठमाडौँ, २२ जेठ । आज विश्व वातावरण दिवस ‘वायु प्रदुषणलाई जितौं’ भन्ने नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ । उक्त दिवसका अवसरमा वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि मनाईँदै छ ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्