एजेन्सी, २२ जेठ । टिकटककै कारण मुम्बइकी एक किशोरीले घर छाडेकी छिन् ।
इण्डिया टुडेमा मंगलबार प्रकाशित समाचारका अनुसार मुम्बईकी १४ वर्षिया एक किशोरीले परिवारलाई एउटा भावुक पत्र लेखेर अब आफु केहि नबनी घर नफर्कने भन्दै नेपाल हिंडेकी छिन् ।
उनले आमाको नाममा लेखेको पत्रमा आफु १६ वर्षिय टिकटक स्टार रियाज अफ्रिन जो अहिले नेपालमा छन् उनलाई भेट्न नेपाल हिडेको तर युवककै लागि घर छाडेको भन्ने चाहिँ नठान्न आग्रह गरेकी छिन् । उनी टिकटक स्टार रियाजलाई भेटेर उनको सिको गरेर चिनिने चाहनामा घर छाडेको उल्लेख गरेकी छिन् ।
उनले आमालाई लेखेको पत्रमा भनिएको छ,‘‘ममी, म घर छोड्दैछु । म बाबासँग खुसी छैन । मेरो बारेमा धेरै नसोच्नुहोला । र, भगवानको कसम खानुहोला, यो कारणलाई लिएर तपाईंले आत्महत्या गर्नु हुनेछैन । यदि तपाईले म कोही केटासँग हिँडेको भन्ने ठान्नुभयो भने त्यो गलत हुनेछ । म कोही केटासँग गइरहेको छैन ।’’
अभिभावकहरुले छोरी खोजिदिन प्रहरी आग्रह गरेपछि प्रहरीले उजुरी गरेको आठ घण्टामै किशोरीलाई भेटेका थिए । प्रहरीको सोधपुछमा किशोरीले आफु टिकटक हेरेर सेलिब्रिटी बन्ने चाहनामा टिकटक स्टार रियाज अफ्रिनलाई भेट्न नेपाल जान लागेको बताएकी छिन् ।
किशारीले प्रहरी समक्ष आफु बुवासँग रिसाउनुको कारण बुवाले आफुलाई कुनै केटा साथीसँग बोल्न नदिने र देखेमा, सुनेमा गाली गर्ने गरेकोले बुवासँग कुरा नमिल्ने बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्