सम्पादकीय

चिकित्सा शिक्षा विधेयक : संसदले हटाएको बुँदा राष्ट्रपतिबाट प्रमाणित



चिकित्सा शिक्षा ऐन संसद्ले पास गरेकोभन्दा फरक बुँदा समेटेर प्रमाणीकरण भएको छ । संसदले हटाएको बुँदा राष्ट्रपतिले प्रमाणीकरण गर्दा ऐनमा समेटिएको छ ।

तर, एउटै ऐनमा विरोधाभास हुने अलगअलग व्यवस्था भएकाले अन्यौल वढेको छ । सिटिइभिटीले सञ्चालन गर्दै आएको प्रमाणपत्र तहभन्दा मुनीका कार्यक्रम हटाउन डा गोविन्द केसीले माग गर्दै आएका थिए । सरकारले सो माग सम्बोधन गर्न सम्झौता पनि गरेको थियो । तर, विधेयक पारित हुँदा क्रमशः फेजआउट गर्ने वा स्तरोन्नती गर्ने उल्लेख थियो ।

सरकारले धोका दिएको भन्दै केसी अनसन बसेका थिए । उनी अनसन बसेकै बेला सरकारले पूर्वसम्झौता विपरित विधेयक संसदबाट पारित पनि भएको थियो । तर, राष्ट्रपतिबाट प्रमाणीत ऐनमा भने डा. केसीकै माग सम्बोधन हुने व्यवस्था आएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने ऐनमा हटाएको र पास गरेको दुबै विषय परेकाले अब संशोधनमा जानुपर्ने बताएका छन् । सभामुख कृष्णबहादुर महराले भने संसदबाट जे पारित भएको हो, राष्ट्रपति कार्यालयमा त्यही पठाइएको दाबी गरेका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।