काठमाडौँ, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशन नगर्न पत्राचार गरेको छ ।
सेवा आयोगले लिएको परीक्षा पारदर्शी नभएको उजुरीपछि अख्तियारले अन्तिम नतिजा सार्वजनिक नगर्न त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘यो विषयमा हामीले उच्च प्राथमिकताका साथ अनुुसन्धान गरिरहेका छौं । तत्कालका लागि अन्तिम नतिजा सार्वजनिक नगर्न पत्राचार गरेका छौं, यदि परीक्षामा अनियमितता ठहरिए परीक्षाका सबै प्रक्रिया रद्द हुनेछ ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्