राजनीति

ब्लोदानद्वारा विश्व रक्तदाता दिवसको अवसरमा साताव्यापी कार्यक्रम गर्ने



काठमाडौँ, २३  जेठ । विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)ले साताव्यापी कार्यक्रम गरेर मनाउने भएको छ ।

बुधबार ब्लोदानले काठमाडौँमा पत्रकार सम्मेलनको गरि योही जेठ २४ गतेदेखि जेठ ३१ गतेसम्म उक्त साताव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराएको हो ।

सन् १९०१ मा डा। कार्ल ल्याण्डस्टिनरले ए, बि, ओ रक्त समूह पत्ता लगाएपछि उनको जन्मदिन जून १४ लाई विश्व रक्तदाता दिवसको रुपमा मनाउँदै आइरहेको छ ।

ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले आफूहरुले यस वर्ष ‘सबैका लागि सुरक्षित रगत’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस–२०१९ मनाउन गइरहेको बताए । उनले उक्त अवसरमा स्वयंसेवी रक्तदान गर्नेहरुलाई पटकको आधारमा सिल्भर, गोल्डेन तथा डायमण्ड डोनर पीनले सम्मानित गर्नेपनि जानकारी दिए ।

सो कार्यक्रममा सञ्चारकर्मी तथा हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले रक्तदानको महत्वबारे बताउदै नेपाल सरकारले पनि रक्तदान अगुवाई गर्ने ब्लोदानजस्ता संघ तथा संस्थाहरुसँग समन्वय गर्नुपर्ने आवश्यकत्ता रहेको बताए ।