नुवाकोट, २३ जेठ । नुवाकोटमा विश्व वातावरण दिवसका अवसर पारी १५ ओटा डस्टबिन राखीएको छ ।
बुधबार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापनका लागी विदुर नगरपालिका ५ का देवीघाटमा १५ वटा विन डष्ट राखीएको हो ।
यो सरसफाइ कार्यक्रम देवीघाट जाल्पा क्लबको आयोजना तथा युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिसेस(युएनओपिएस) र विदुर-३ र ५ को आयोजनामा भएको बताइएको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष दीपेश चित्रकारले घर वरिपरि सफाइ गर्न र बोटविरुवा लगाउन नगरवासीलाई आग्रह गरेका छन् । युएनओपिएसका परियोजना प्रमुख अरुणकुमार शर्माले पाटीपौवा, मठमन्दिरलगायत स्थानमा सफाइ गर्न आग्रह गर्दै यस्तो सहयोग अरु ठाउँमा पनि गरिने बताए ।










प्रतिक्रिया दिनुहोस्