समाचार

पशुपतिनाथमा ९ किलाे सुन र एक अर्ब रुपैयाँ जम्मा



काठमाडौँ, २३  जेठ । पशुपतिनाथ मन्दिरमा नौ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको विवरण प्राप्त भएको छ ।

बुधबार पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरि पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा त्यस परिमाणको सुन जम्मा भएको जनाइएको छ ।

छानबिन समितिका संयोजक डा. मिलनकुमार थापाका अनुसार ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी पनि पशुपतिनाथ मन्दिरमा रहेको बताएका छन । उक्त विवरण विक्रम संवत २०१९ सालदेखि २०७५ सालसम्मको हो ।

पशुपतिनाथ मन्दिरमा हालसम्म १ अर्ब २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा गरिएको छ । प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको दर्ता प्रमाणित हुन बाँकी रहेका जग्गा २ सय ३१ रोपनी १० आना १ दाम रहेको पनि त्यस छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।