काठमाडौँ, २३ जेठ । धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ ।
धावनमार्गको स्तरोन्नति गर्नका लागि एक महिना विमानस्थल बन्द रहने भएको थियो । अब मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ ।
गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम सूरु भएको थियो । तीन मात्रै ठूला जहाज पार्किङ गर्न मिल्ने विमानस्थलको स्तरोन्नतिपछि चार ठूलै जहाज पार्किङ गर्न सकिने किसिमले गरिएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्